१६ चैत्र २०८०, शुक्रबार

सामुहिक काममा रमाउदै ग्रामीण महिलाहरु
  • रामकृष्ण छिनाल

बाँके बैजनाथ । सामुहिक कार्यको विकासमा ग्रामिण महिलाहरु क्रियाशिल बनेका छन् । प्रतिस्प्रधा र व्यस्त जीवनमा रमाउनेहरुका लागि उनीहरुको काम नमुना र प्रेरणादायिक मान्न सकिन्छ । पछिल्लो समययता बाँकेको परिचय फेरिएको छ त्यो हो औद्योगिक क्षेत्र वा भनौ औद्योगिक ग्राम । प्रायः सबै आ–आफ्नो काम वा पेशामा व्यस्त हुन्छन् । समुदाय –समुदाय विचका सामाजिक मुल्य मान्यता विचका अन्तर सम्बन्धहरु समेत राम्रो सँग नियाल्ने समय मानौ उनीहरु संग छैन ।

व्यस्त समयका वाबजुद शरिरलाई स्वस्थ्य राख्न काम पश्चात क्लब वा शाररिक व्यायम घर जाने महिलाहरुका लागि यो नमुना कार्य हो जुन ग्रामीण क्षेत्रमा रहेका दिदी बहिनी वा आमाहरुले शुरुवात गरेको सामुहिक काम  लिन सकिन्छ ।

बाँके बैजनाथ १ गाभर भ्याली स्थित तारा सुनार पछिल्लो समय समुदाय –समुदाय विचमा अन्तर संवाद र सामुहिक कार्यको अगुवाइ गर्दै छिन् । उनी विहानी महिला समुहकी अध्यक्ष समेत छिन् ।

समुहमा स्थानीय समुदायका २५ घरका उनी जस्तै दिदी बहिनीहरु आवद्ध छन् ।  कुनै समय समुदाय विचमा सामूहिक एकता तथा र्कायको भावनामा ह्रास भइरहेको थियोे तर समय फेरीएको छ ।

स्थानीय सरकारको पहलमा संचालित  साना किसान उद्यमी सुढृढीकरण परियोजनाको क्रियाशिलतामा माशिक बचत, सामुहिक कामको शुरुवत, स्थानीय स्तरमा सरसफाइ, पशु तथा श्रोतको उचित व्यवस्थापन एवं सामूहिक कार्यमा ग्रामिण महिलाहरु पछिल्लो समयमा व्यस्त छन् । ताराका अनुसार स्थिानिय सरकारको सहयोगमा समुहमा प्राप्त तरकारी कोष बापतको नगद रकम ७ हजार ५ सय को प्याज लगाएका छन् ।

उत्पादन राम्रो हुन्छ विश्वास छ हामीलाई ताराले भनिन् । प्याजको रेखदेख सबै मिलेर गर्ने गरेका छन् । यस्तै हरियाली र लालीगुराँस महिला समुहले समेत सुर्यमुखी फूलको तथा प्याजको सामुहिक रुपमा खेती शुरुवता गरेका छन् ।

ग्रामीण महिलाहरुले समुहमा बस्दै आम्दानीको स्वरुप सामुहिक कार्य धान काटेर  ३१ हजार ५० नगद समेत आम्दानी गर्न सफल भएका छन् भने यस कार्यलाई निरन्तरता दिई रहेका छन ।

पछिल्लो समय स्थानीय दिदी बहिनीहरुमा समुदायको दिगो विकासका लागि आवश्यक पर्ने अवसरहरुको खोजी गर्दै व्यवहार परिवर्तन गरेका छन। उहाँहरुले पछिल्लो पिढीलाई सामुहिकताको शक्तिको स्रोत उपलब्ध गराएको अनुभूति नजिकबाट उनीहरुको क्रियाकलापलाई न्यिाल्दै आईरहेका स्थानीय पत्रकार कृष्ण चौधरीको बुझाइ छ ।

सामुहिक कामको शुरुवात भएको छ गाँउका दिदीबहिनीहरु व्यस्त छन् समुदायमा एकता तथा सामाजिक उत्तरदायित्वको भावनामा वृद्धि भएको छ खुसी लाग्छ बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले भने ।

मल्लका अनुसार स्थानीय सरकारले समृद्ध बैजनाथ निमार्ण गर्ने उदेश्यले करिब २ हजार परिवारमा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा परियोजना संचालित छ ।

यसको मूल उदेश्य साना किसानहरुको उत्पादन वृद्धि गरि सामाजिक उद्यमी सहकारीमा आवद्ध गराई प्रत्येक सदस्यलाई उद्यमी बनाउने हो र यस मार्गमा अघि बढिरहेको जानकारी गराए ।

यस परियोजनाको सकारात्मक प्रभाव देखिन थालेकाले यसको सुविधा अन्य वडाका घर धुरीले पनि प्राप्त गर्नु पर्छ भन्ने धारणा रहेको अध्यक्ष मल्ल बताए । हाल परियोजना बैजनाथ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म संचालित छ ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech