१४ बैशाख २०८१, शुक्रबार

सञ्‍चालनमा आयो ‘मेरो कित्ता’ एप

एप सञ्‍चालनमा आएसँगै घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासनसम्बन्धी डिजिटल प्रविधि ‘मेरो कित्ता’ एप सार्वजनिक गरेका छन् ।  बिहीबार नापी विभागको आयोजनमा भूमि प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयरको स्वीच थिचेर प्रधानमन्त्रीले एप तथा अनलाइन सेवाको सुभारम्भ गरेका हुन् ।

‘मेरो कित्ता प्रणाली’ बाट सेवाग्राहीले घरमै बसी अनलाइन प्रविधिबाट नक्सा प्रिन्ट, फिल्डवर्क उतार, प्लट रजिस्टर प्रिन्ट गर्न सक्नेछन् ।

सुरुमा डिल्लीबजार, भक्तपुर र कलंकीस्थित नापी कार्यालयमा तथा १/२ दिनभित्रै चाबहिल, ललितपुर, मनमैजु, टोखा र साँखुस्थित कार्यालयमा सेवा सञ्चालन गरिने विभागले जनाएको छ । त्यसपछि जग्गाको धेरै कारोबार हुने ठाउँलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्षभित्रमा देशभर सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

एप सञ्‍चालनमा आएसँगै घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली नापी विभागले सञ्चालनमा ल्याउने भएको हो ।

यो प्रणालीमा जग्गाको एक कित्ता बराबर एक सेवाग्राही मानिएको छ । बढी भीड हुने उपत्यकाका प्रत्येक कार्यालयमा करिब साढे ४ लाख कित्ता रहेको तथ्यांक छ । एक कार्यालयबाट दिनमा २/३ सयसम्म नक्सा प्रिन्टको माग आउने गर्छन् । अनलाइन सेवा सञ्चालनमा आएसँगै उपत्यकाका ८ कार्यालयबाट दिनमा १५/१६ सयसम्म सेवाग्राहीले सेवा प्रयोग गर्न सक्ने विभागको अनुमान छ । इ कान्तिपुर बाट

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech