७ बैशाख २०८१, शुक्रबार

‘कोभिड वार्ड’ कोहलपुरमा संचालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबारदेखि कोभिड आइ.सि.यु र आइसोलेसन संचालनमा ल्याईएको छ ।

शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ शैयाको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर र मृत्युु दर तिब्र रुपमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कोभिड आइसियु तथा आइसोलेसन वार्ड संचालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा। नितेश कुमार कनोडियाले जनाएका छन् ।

कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको जनतामा प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो । केही हप्ता देखि बाँके तथा देशभर कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि नेपालगन्ज मेडिकल कलेजले पुनः कोभिड वार्ड संचालनमा ल्याएको हो ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech