८ बैशाख २०८१, शनिबार

‘लकडाउन’ गर्न बाँकेमा डीसीसीएमसीको सिफारिस
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निश्कर्षमा पुगेको छ ।

डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ती बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिए ।

कस्तो अवस्थामा र कहिले सम्म भन्ने बिषयमा होमवर्क गर्दै छौ, ९ गतेबाट लक डाउन हुन्छ ।’ प्रजिअ गेलालले भने ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech