७ बैशाख २०८१, शुक्रबार

बाँकेमा किन गरिदै छ लकडाउन ?

‘लापरवाही सर्बत्र छ । ध्यान नदिने हो भने अवस्था जे पनि हुनसक्छ,’

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरिएको छ ।

लकडाउन किन हुदैछ  त ? भेरी अस्पताल नेपालगन्जले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिने र अस्पतालहरूले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ ।

पछिल्लो समय शकाका आधारमा पीसीआर परीक्षण गर्दा करिव शत प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि अस्पताल प्रशासनले सार्वजनिकरुपमै उक्त चेतावनी दिएको हो । यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त उक्त अस्पतालले बनाएको कोभिड वार्डहरु विरामीले भरिभराउ भइसकेको छ ।

तर दैनिक एक सय बढी कोरोनाका विरामीहरु थपिदै गएका छन् । अस्पताल भरिभराउ हु“दा थपिएका कोरानाका विरामी होम आइसोलेसनमा बस्दै आएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका चार जनाको मृत्यु भएको छ । एकै दिन३ सय बढी जना कोरोना संक्रमित थपिएका छन् ।

एक साताको दौरानमा परीक्षण गर्दा एक हजार  कोरानाका विरामी थपिएका छन् । विरामीको संख्या थपिने क्रमसंगै मृत्यु हुनेहरु बढ्न थालेपछि अस्पतालले सर्तकता अपनाउन आग्रह गरिरहेको छ । तर कोरोनाको महामारी नियन्त्रणका लागि गरिएको आग्रहको सर्बत्र अटेर हुँदै आएको छ । एकै दिन ३ सय बढीमा संक्रमण देखियो ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले यसैगरी विरामीको संख्या थपिदै जाने कोराना नियन्त्रण गर्न तर्फ चासो नदिए परिस्थिती भयाभव अवस्था आउन सक्ने बताए । ‘लापरवाही सर्बत्र छ । ध्यान नदिने हो भने अवस्था जे पनि हुनसक्छ,’ उनले भने । नेपालगन्जबाट नजिक पर्ने भारतको लखनाउमा कोरोनाका विरामीहरुले बेड पाउन नसकेको अवस्था बाँकेमा पनि दोहोरिन खतरा नजिक रहेको उनले बताए । ‘यस्तैगरी कोरोना संक्रमण बढ्ने हो भने अस्पतालले थेग्न सक्ने अवस्था रहदैन । यसले स्वास्थ्य प्रणाली हुनसक्छ,’ डा. थापाले भने । भेरी अस्पतालमा हाल कोरोनाका ८२ विरामी उपचारका लागि भर्ना छन् ।

३४ जना आइसुयुमा र ७ जना भेन्टीलेटरमा भर्ना गरिएका छन् । चिकित्सकहरुले बाँकेमा लकडाउनको विकलप नरहेको सुझाव प्रशासनलाई दिएका छन् । लकडाउन नगरे संक्रमणको गति अझै बढ्ने सम्भावना रहेको उनीहरुको सुझाव छ । तर बा“केका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तत्कालै लकडाउन गर्ने सम्भावना नरहेको प्रतिक्रिया दिए । उनले सकेसम्म स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना नियन्त्रणको प्रयास गर्ने जनाए ।

समुदायमा संक्रमण फैलिएसंगै चिकित्सहरुले भिडभाड नगर्न अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न र रुघा÷खोकी, ज्वरोका लक्षण देखा परेमा सेल्फ आइसोलेसनमा बस्न सुझाव दिएका छन् । अस्पताल भर्ना हुननसकेका संक्रमितहरू घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य जरो आएमा सिटामोल आबश्यकता अनुसार प्रयोग गर्न सुझाव दिइएको छ ।

रगतमा अक्सिजनको मात्रा नाप्ने मेसीनकोे व्यवस्था गरी समयसमयमा नाप्ने, स्वास प्रस्वासमा समस्या आएमा, जरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशत भन्दा कम भएमा अस्पतालमा पुग्न आग्रह गरिएको छ । दस्ताबेज

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech