८ बैशाख २०८१, शनिबार

अस्पताल भर्ना भएको ४० मिनेटमै कोरोनाबाट मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आज (मंगलबार) भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बाँकेको खजुरा गाँउपालिकाका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका ति युवालाई मंगलबार दिउँसो २ बजे भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो ।अस्पताल भर्ना भएको ४० मिनेट मै ति युवाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

फोकल पर्सन ओलीका अनुसार मृतकको शव ब्यवस्थापनकालागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले मृतकका परिवारसँग समन्वय गरीरहेको छ ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेका ६४ जनाले ज्यान गुमाएका छन ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech