१४ बैशाख २०८१, शुक्रबार

स्पष्टीकरण सोधिएका योगेश भट्टराईले प्रधानमन्त्रीलाई भेटे
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेको खनाल–नेपाल पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

पार्टी अध्यक्षसमेत रहेका ओलीले स्पष्टीकरण सोधेको भोलिपल्ट भट्टराईले बुधबार बालुवाटारमै पुगेर भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेता भट्टराई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले स्पष्टीकरण सोधिएका अन्य केही सांसदहरुले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेको जानकारी दिएका छन्।

भेटका क्रममा के विषयमा छलफल भयो भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन। एमाले अध्यक्ष ओलीले मंगलबार खनाल–नेपाल समूहमा रहेका २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech