१६ चैत्र २०८०, शुक्रबार

बाँकेका २५८ जनामा थप कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बिहिबार बाँकेका थप २५८ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबको परिक्षणमा १५५ जना, मेडिकल कलेज कोहलपुरको ल्याबको परिक्षणमा ४४ जना र बागेश्वरी डाइग्नोष्टिकको ल्याबको परिक्षणमा ५९ गरी कुल २५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबार संकलन गरिएका विभिन्न नमुनामधे जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार बिहान १२ बजे आएको नतिजामा जिल्लाका २५८ जनामा कोरोना देखिएको बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । आज संक्रमित भएकामध्ये १११ महिला र १४७ पुरुष रहेका छन ।

योसङ्गै हालसम्म बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ६१५४ पुगेको छ । आजै ४७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएकासमेत जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको संख्या ४८२१ पुगेको छ । त्यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्ला भित्रका ६७ र अन्य जिल्लाका ९८ गरी १६५ पुगेको छ । जिल्लामा १२६६ जना सक्रिय संक्रमित उपचाररत रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech