७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी छन्। उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिइन्।

उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

२०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्धिकी समाजसेवा र मानवअधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन्। उनी फातिमा फाउन्डेसन नेपालको संस्थापक अध्यक्षसमेत थिइन्।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech