२७ श्रावण २०७९, शुक्रबार

२४ घण्टामा नेपालमा थपिए २४ सय ८६ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  छिल्लो २४ घण्टामा नेपालमा २४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७५ सय २५ पीसीआर परीक्षणबाट शनिबार २४ सय ८६ जना संक्रमित फेला परेको हो । त्यस्तै ११ सय ४३ एन्टिजेन परीक्षणबाट १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

२४ घण्टामा ३६८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ । सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् भने क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech