७ बैशाख २०८१, शुक्रबार

काेभिड-१९ बाट हालसम्म बाँकेमा १८० जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   कोरोना संक्रमणका कारण हालसम्म  बाँकेमा  १८० जनाको मृत्यु भएको छ।

आज बिहान कोहलपुर नगरपालिका-१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान साढे २ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठजनाको मृत्यु भएको छ।

बाँकेमा आजसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष छन्।  बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय संक्रमितमध्ये सातजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ८६ सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ। तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, ६ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र ९ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ।

बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech