१२ बैशाख २०८१, बुधबार

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोनाबाट मृत्यु भएको पुष्टि आज भएको हो।

आज थपिएकासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकासहित नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४५० जना कोरोनामुक्त भएका छन्।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech