१५ चैत्र २०८०, बिहीबार

नगरपालिकाको कोभिड अस्पताल २४ घण्टा सेवा दिन तयार छः छविलाल नेपाली

आज मात्र कोहलपुरका ७१ जना संक्रमित , हाल सम्म ३ सय ४० जना संक्रमिति  , अप्ठेरो परे खबर गरौँ एम्बुलेन्स तयार छ ।

  • न्युज मानसराेवर

प्रदेश न. ६ र  ७ को केन्द्रविन्दु कोहलपुरमा दोस्रो कोरोना महामारीको फैलिएको  छ। सदरमुकाम नेपालगन्ज सबैभन्दा बढी प्रताडित छ। संक्रमितहरुले उचित मात्रामा उपचार पाएका छैनन्। संक्रमण फैलिइरहेको छ। कोहलपुर नगरपालिकाले सामना गरिरहेको महासंकट, त्यसको समाधानका लागि अपनाइएका उपायका विषयमा  कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली सँग न्यूज मानसरोबर डट.कम का  लागि  गरिएको कुराकानीको सम्पादित अंशः

कोहलपुरको पछिल्लो अवस्था कस्तो छ ? यहाँको टिमलाई धन्यवाद ।   स्थिति नाजुक छ । कोभिड संक्रमण  रोकथाम तथा नियन्त्रण गर्नाका लागि कोहलपुर नगरपालिकाले मुख्य रुपमा   व्यापक प्रचार प्रसार गरेको छ । नगरका १५ वडा,टोल बजार, घर, घरमा सूचना प्रभाह गरेका छौँ । आज मात्र ७१ जना संक्रमित हुनुभएको छ ,यो दर कोहलपुृर नगरपालिकाको पछिल्लो समयको धेरै संख्या हो । आज सम्म ३ सय ४० जना संक्रमिति  भइसक्नु भएको छ। उहाँहरुलाई होम आइसोलेसन हुनुहुन्छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको उपचार वा अवस्था कसरी व्यवस्थापन गरिरहनु भएको छ ? मुख्य रुपमा हामीले वडा स्तरमा रहेका स्वास्थ्यकर्मी हरुलाई होम आइसोलेसनमा रहेका संक्रमितहरुको उपचार र उहाँहरुको अवस्था बारे बुझिरहनु भएको छ । धेरै नै कठिन अवस्थामा भएका विरामीहरुको लागि हाल सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा ल्याउने र उहाँहरुको उपचार निशुल्क रुपमा गर्ने व्यवस्था गरेका छौँ । यसका साथै हामीले  आइसोलेसन फोकल पर्सन पनि तोकेका छौँ  गेहराज खनाल ।स्वास्थ्य मन्त्रालयको डि .एच .आइ .एस भन्ने सफ्टेयर छ त्यसमा उहाँले संक्रमितको अवस्था संक्रमितको संख्या तथ्याङ कोहलपुर नगरपालिकाको व्यप्साइट फेसबुक पेजमा अपडेट गर्ने काम  गर्नु हुन्छ ।

कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ भन्नु हुन्छ कति क्षमताको अस्पताल हो ?  हामीले अहिले तत्कालका लागि २५ शैयाको कोभिड अस्थाइ आइसोलेसन अस्पताल सञ्चालन ल्याएका छौँ  ।

कोभिड अस्थाइ आइसोलेसन अस्पतालमा  स्थापना गर्दा  कति खर्च लाग्यो र  के कस्ता सुविधाहरु उपलब्ध गराइएको छ ? अस्पताल तथा सामाग्री व्यवस्थापन खर्च गरी ३५ लाख रकम लागेको छ । हामीले अक्सिजन सहितको सेवा उपलब्ध गराएका छौँ जहा अहिले १२ जना संक्रमित हुनुहुन्छ उहाँहरुको उचार नगरपालिकाले निशुल्क गरिरहेको छ ।  १२ जना मध्य ३ जनालाई अक्सिजन दिई राखेका छ । हाल सम्म ५ जना सन्चो भएर घर फिर्ता भइसक्नु भएको छ । आपतकालिन अवस्थाका लागि थप १४ ओटा अक्सिजन व्याकप्मा राखेका छौँ । हाल  एक जना आठौ तहको डाक्टर भर्ना गरेर राखेका छौँ २ जना स्टाफ नर्स १ (म्यासेन्जर ) हेल्पर हुनुहुन्छ र एउटा एम्बुसेन्स २४ घण्टा नै उपलब्ध हुने गरि खटाइएको छ ।

कोहलपुर नगरपालिकाको आफ्नै एम्बुलेन्स हो की भाडाको ?  हा.हा व्यापक रुपमा नकारात्मक  प्रचार भएकै विषय हो ‘हामी सँग एउटा एम्बुलेन्स छदै छ अर्को अम्बुलेन्स खरिद प्रक्रियामा रहेको छ ‘। एम्बुलेन्स हाल संञ्चालनमा रहेको कोभिड अस्थाइ अस्पलामा रहेको छ ।कोभिड सक्रमितहरुलाई सारै अप्ठेरो भएको खण्डमा बाँकेका २ वटा अस्पताल भेरी अस्पताल नेपालगञ्ज र मेडिलक कलेज कोहलपुर सम्म एबुलेन्स बाटै लैजाने गरेका छौँ ।

कोभिड संक्रमण नियन्त्रण गर्नाका लागि  नगरपालिकाले  सरोकारवाला विच कुनै समन्वयन गरिएको छ वा छैन ? हो हामीले मात्र गरेर केही हुनेवाला छैन यसका लागि मुख्य रुपमा सरोकारवाला निकाय विचको समन्वयन नै हो । यसका लागि हामीले वडा स्तरीय समिति कोहलपुर उद्योग बाणिज्य संघ  रेडक्रस घरेलु महासंघ होटल व्यवसायि संघ  इलाका प्रहरी कार्यालय लगाएत समन्वयन मा प्रचार प्रसार र कोभिड व्यवस्थापन समित बनाएका छौँ । उहाँहरुले सकारात्मक सुझाव बाट हामिले लक डाउन गर्न सिफारिस गर्यौँ आज बाट लक डाउन छ ।  लकडाउनको अवस्था बारे बुझ्न उप प्रमुख ज्यूको संयोजत्वमा अनुगमन समिति पनि बनाएका छौँ ।

आज बाट लक डाउन शुरु भएको छ यसले गर्दा श्रमजीवि वर्गहरुमा पर्ने असर बारे नगरपालिकाले कसरी लिएको छ ? सीमान्तकृत वर्गमा पर्ने असर बारे  छलफल गरिएको छ ,आवश्यक अनुसार अन्य निर्णय गर्दै जान्छौँ  मुख्य रुपमा हामी कहाँ बादी , गन्धर्व चिडिमार, मुसहर समुदायको बसोबास रहेको छ । हामीले यो १ हप्ताको लक डाउनको अवस्था हेरेर थप अन्य निर्णयहरु गर्ने विचारमा छौँ ।

बाँके जिल्ला नै पछिल्लो समय संक्रमण बाट नाजुक अवस्थामा बेला प्रदेश सरकार र संघीय सरकारले बाँके जिल्लाका स्थानीय तहमा केही राहतका कार्यक्रम उपलब्ध गराएको छ कि छैन ? मुख्य रुपमा यसको जिम्मेवारी स्थानीय तहले नै गर्नु पर्ने हुन्छ र जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँके को पहल कदम अनुसार नै जिल्लामा रहेका स्थानीय तहहरुले संक्रमण रोकथाम र मा अग्रसर हुने हो  । हाल  (डिसीसीएमसी) ले  प्रत्येक स्थानीय तह बाट  भेरी अस्पताल लाई २  लाख रकम उपलब्ध गराने निर्णय गरेको छ ।  त्यो कार्यान्वयनको क्रममा छ त्यहाँ (भेरी अस्पताल)  नयाँ आइसोसेनस एक्फान गर्ने  निर्णय भएको छ  । ३ वटा सरकार विचको समन्वयमा नै त्यो काम हुने हो ।  समग्रमा सबै क्षेत्र बाट सहयोग तथा समन्वयन भइराखेको छ भनौँ ।

कति समय जति लाग्छ  अब  सक्रमण नियन्त्रण गर्न ?  हामीले समय नै तोक्न सक्दैनौ स्थानीय सरकार प्रदेश सरकार र सघीय सरकार विचको समन्वयनमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने काम शुरुवात गरिएको छ हामीले आशा गर्ने हो आम नागरिकलाई सचेत बनाउने हो । संक्रमित भइसकेका लागि उचित उपचार उपलब्ध गराउने हो । तपाई हामी आम सचेत नेपाली नागरिक विच समन्वयन सहकार्य भए पछि संक्रमण न्यूनिकरण हुन्छ भन्ने लाग्छ ।

अन्तिममा यहाँको केही भनाइ छ की ?  आत्मा बल बढाउ सुरक्षाका मापदण्डको पालना गरौँ । लक डाउनको अवधिमा नागरिकहरु घरमै बस्न अनुरोध गछौँ यो अवधिमा विवाह भोज , सेमिनार गोष्ठि जस्ता कार्यक्रमहरु नगरौ माक्स अनिवार्य गरौँ एउटा सचेत नागरिकका रुपमा जिम्मेवारी वहन गरौँ आफु बचौ अरुलाई पनि बचाऔँ

 

 

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech