८ बैशाख २०८१, शनिबार

एकै दिन ८ को मृत्यु बाँकेमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या पछिल्लो समय बृद्धि भएको छ ।  जिल्लाभित्रका तथा बिभिन्न जिल्लाबाट उपचारका लागि बाँके आएका ब्यक्तिहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन । यसैबिच मंगलबार दिनभरमा ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार मंगलबार बाँकेका बिभिन्न अस्पतालमा उपचार गराईरहेका बाँकेका ७ र बाहिरी जिल्लाको १ जनाको मृत्यु भएको हो । मंगलबार बेलुका ६ बजे नेपालगन्ज उपमहानगरपालिका २ कि ४५ वर्षिया महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी ति महिलालाई १२ बैशाखामा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी नेपालगन्जकै २६ वर्षिय युवा सहित ५१ वर्षिय पुरुष र ७२ वर्षिय महिलाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी खजुराको २ जना तथा कोहलपुर, खजुरा, बैजनाथ र दाङका १/१ जनाको मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै बाँकेमा उपचारका क्रममा ज्यान गुमाउने बाहिरी जिल्लाका संक्रमितको सँख्या १०६ पुगेको छ भने जिल्लाभित्रका ९७ को मृत्यु भईसकेको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech