१२ बैशाख २०८१, बुधबार

कर्णालीमा दुई दिने कार्यशाला गोष्ठि शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने नाराका साथ दुई दिने कार्यशाला शुरु गरिएको छ ।
कैलालीको चिसापानीमा  कार्यशाला गोष्ठि सुरु भएको हो ।

फियन नेपालको आयोजनामा खाद्य अधिकार प्रवद्र्धनका लागि संचारकर्मीहरुको भूमिका विषयक कार्यशाला गोष्ठि सुरु  गरिएको हो ।

मुख्य रुपमा खाद्य अधिकारका क्षेत्रमा राज्यले गर्नु पर्ने दाहित्व बारे कार्यशालामा अन्तरसंवाद सहित छलफल गरिने फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमले जानकारी गराए ।

मुख्य रुपमा फियान नेपालको कार्य क्षेत्रमा आवद्ध पत्रकारहरुको कार्यशाला गोष्ठिमा सहभागिता रहेको छ ।

मुख्य रुपमा बाँके, दैलेख कैलाली , कन्चनपुर ,सुर्खेत लगाएत जिल्ला बाट सहभागि रहेको छ ।

गोष्ठीमा फियान नेपालका केन्द्रिय अध्यक्ष अमर ब ऐर को समेत सहभागिता रहेको छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech