१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा स्वास्थ्यकर्मीहरुको अवस्था
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   हालसम्म ६६९ जना  लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेका छन् ।   १६ जना भने  स्वास्थ्यकर्मी सक्रिय संक्रमित  छन्।

कोरोनाको दोस्रो   चरणको  क्रममा सबैभन्दा धेरै प्रदेशको  कपिलवस्तु जिल्लाका  स्वास्थ्यकर्मी संक्रमित  देखिएका छन् ।    हालसम्म ८८ जना स्वास्थ्यकर्मी  कपिलवस्तुमा संक्रमित भएका छन्।

दोस्रो  चरण पछि  मात्र १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। बर्दियामा चार र अर्घाखाँचीमा २ स्वास्थ्यकर्मी संक्रमित भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

संक्रमित भएका स्वास्थ्यकर्मीमध्ये ६४८ जना निको भएका छन्। अहिलेसम्म कपिलवस्तुमा ८८, बाँके १५९, बर्दिया ५५,  दाङ ६३, पाल्पा ९१,  गुल्मी १०, अर्घाखाँची २४, रुपन्देही ११३, प्युठान ३६, नवलपरासी  (पश्चिम) २८, रोल्पा १ र रुकुम पूर्वमा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech