११ बैशाख २०८१, मंगलवार

कोहलपुरले शुरु गर्यो निशुल्क स्वाब संकलन
  • न्युज मानसराेवर

बाँके कोहलपुर ।  कोहलपुर नगरपालिकाले   पिसिआर परिक्षण गर्न स्वाब संकलन   कार्य शुरु गरेको छ ।

संकलित स्वाव    भेरी अस्पतालमा  पठाइने छ ।

नगरपालिकाको सभा हलमा  शुक्रबार ६१ जना स्थानिय बासीहरुको स्वाव संकलन   गरी  भेरी अस्पतालमा  पठाइएको छ ।

आम नागरिकहरुको स्वास्थ्यमा समस्या देखा परे स्वाव निशुल्क रुपमा दिन सक्नेछन् कोहलपुर नगरपालिका मेयर लुट ब रावतले जानकारी गराए ।

मेयर लुट ब रावतले नगरपालिकाले स्थापना गरिएको अस्थायी आईसोलेसन अब छिटै  संचालनमा ल्याउने तयारी गरिएको समेत जानकारी गराए ।

 

कोहलपुर वडा नं. ८ कृषि तालिम केन्द्रमा स्थापना गरिएको आसुलेसनमा ५० जना विरामी राख्न सकिने  छ । आईसोलेसन २४ घण्टानै डाक्टर सहित स्वास्थ्य कर्मी रहने व्यवस्था रहेको बताइएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech