१२ श्रावण २०८१, शनिबार

आत्मबल बलियो बनाए कोरोना संक्रमणबाट बच्न सक्छौंः अध्यक्ष रुचाल

पछिल्लो समय बैजनाथमा ७५ जना संक्रमित देखिनु भएको छ भने ९ जना को मृत्यु भइसकेको छ ।

  • न्युज मानसराेवर

बाँकेको बैजनाथ गाउँपालिका पर्यावरण र आन्तरिक बाह्य पर्यटकहरुको रोजाइमा पर्ने एक मात्र गाउँपालिका हो । यहाँको कूल क्षेत्रफल १४१.६७ वर्ग कि.मि रहेको छ भने कूल  परिवार संख्या ११०६६  छ ।  यति बेला नेपालमा दोस्रो चरणको कोरोना महामारी फैलिएको छ। नेपालका विभिन्न जिल्ला सगै बाँके पनि अछुतो रहन सकेन कोभिड १९ बाट अझै भनौ सदरमुकाम नेपालगन्ज सबैभन्दा बढी प्रताडित छ।  कोहलपुर नगरपालिका समेत कोरोना महामारी  दर  बृद्धि भइरहेको छ । हाल जिल्ला नै लक डाउन गरिएको छ । संक्रमितहरुले उचित मात्रामा उपचार पाएका छैनन्। संक्रमण फैलिइरहेको छ। हाल बाँके जिल्ला नै कोभिड १९ महासंकट, को सामना गरिरहेको  ,दोस्रो चरणको कोरोना महामारी  त्यसको समाधानका लागि अपनाइएका उपायका विषयमा आज हामीले बाँके  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरी संग  संवाद ,कुराकानी गरेका छौँँ ।   संवादका  सम्पादित अंशः

बैजनाथ गाउँपालिको पछिल्लो अवस्था कस्तो छ ?

कोभिड १९ को हामी दोस्रो चरणको महामारी संग जुध्दै छौँ । पछिल्लो समय बैजनाथमा ७५ जना संक्रमित देखिनु भएको छ भने ९ जना को मृत्यु भइसकेको छ । संक्रमितहरु हाल होम आइसोलेसन र धेरै नै अप्ठरो अवस्थामा रहेका लागि कोभिड अस्पताल र त्यहा बाट पनि सम्भव नभएमा जिल्लाका भेरी अस्पताल , नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गर्ने गरेको छौँ ।  जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेले जारी गरेको लक डाउनको पालना गर्न गराउन हामीले सम्बन्धित सरोकारवाला विच समन्वयन सहकार्य गरिरहेको छौँ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको उपचार वा अवस्था कसरी व्यवस्थापन गरिरहनु  भएको छ ?

आइसोलेसनमा रहेका संक्रमितहरुको उपचार र उहाँहरुको अवस्था बारे बुझन हामीले  वडा स्तरमा फोकल पर्सन तोकेका छौँ  उहाँहरु सबै  स्वास्थ्यकर्मी  हुनुहुन्छ  । कसैलाई अप्ठरो परेको अवस्थामा हामीले हाल पनः सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतामा उपचार गर्ने गरेको छौँ । कोभिड अस्पतालमा अक्सीजन ,औषधी निशुल्क रुपमा आवश्यक मात्रमा उपलब्ध गराएका छौँ ।

कोभिड अस्पताल पनः सञ्चालनमा ल्याएका छौँ भन्नु हुन्छ कति क्षमताको अस्पताल हो ? के के सुविधाहरु उपलब्ध गराउनु भएको छ ? 

हामीले अहिले  २१ शैयाको कोभिड अस्थाइ आइसोलेसन अस्पताल सञ्चालन ल्याएका छौँ  ।सुविधा भन्नु पर्दा त्यहा सक्रमितहरुको उपचार हुन्छ डाक्टर १ जना २ जना स्टाफ नर्स कार्यालय सहयोगी छन् । हामीले हाल कोभिड अस्पताल २४ घण्टा सेवा दिने गरेका छौँ । कुनै वडा बाट फोन आएको खण्डमा एम्बुलेन्स समेत २४ घण्टा निशुल्क सेवा दिन तयार छ । आवश्यक अक्सीजन स्टोर गर्ने काम समेत गरेका छौँ । यो भन्दै गर्दा सक्रमितको अवस्था नाजुक भएको खण्डमा हामीले अन्य अस्पताल समेत रिफर गर्ने गरेका छौँ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेले के कसरी सहयोग गरिहरको छ ?

मुख्य रुपमा जिल्लाका सरोकारवाला निकाय विचको समन्वय र सहकार्यका रुपमा ठन गरिएको एउटा संयन्त्र हो डिसीसीएमसी जहा सिडियो अध्यक्षता हुने गर्छ । मलत कोरना संक्रमण फैलिदै गर्दा यसको रोकथामा तथा नियन्त्रण र मृत्यु भइसको अवस्थामा उनीहरुको अत्यष्टि व्यवस्थापन गरिएको छ । पछिल्लो समय डिसीसीएमसी मा जिल्ला का सबै स्थानिय तहहरुले प्रत्येक आर्थिक सहयोग गरिहेको अवस्था छ तर त्यसको औचित्य पुरा भएको छैन डिसीसीएमसी ले सबै स्थानीय तहमा सम्मान व्यवहार गर्नु पर्छ जस्तो लाग्छ नेपाली सेनालाई आवश्यक सामाग्राी उपलब्ध गरानु पर्छ मृत्यु भएका लासको व्यवस्थापन गर्न नेपाली सेनालाई अनुरोध गर्दा माक्स विपि छैन भन्ने कुराहरु समेत बाहिर आएका छने । मुख्य रुपमा डिसीसीएमसी ले जिल्लाको स्वास्थ्य अवस्थाको मापन गरी आवश्यक कदम चाल्ले गर्दछ ।

कति समय जति लाग्छ  अब  सक्रमण नियन्त्रण गर्न ?   हामीले समय नै तोक्न सक्दैनौ स्थानीय सरकार प्रदेश सरकार र सघीय सरकार विचको समन्वयनमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने काम शुरुवात गरिएको छ हामीले आशा गर्ने हो आम नागरिकलाई सचेत बनाउने हो । संक्रमित भइसकेका लागि उचित उपचार उपलब्ध गराउन पहल गर्ने हो भविष्य वाणी गर्न सकिदैन  ।

पछिल्लो समय संक्रमण बाट नाजुक अवस्थामा बेला प्रदेश सरकार र संघीय सरकारले बाँके जिल्लाका स्थानीय तहमा केही राहतका कार्यक्रम उपलब्ध गराएको छ कि छैन ?

जिम्मेवारी  त  स्थानीय तहले नै गर्नु पर्ने हुन्छ र जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँके को पहल  अनुसार नै जिल्लामा रहेका स्थानीय तहहरुले संक्रमण रोकथाम  का पहलहरु गरिरहेका छौँ ।    तर पनि प्रदेश र सघिय सरकारले अस्थायी रुपमा नभएर दिर्घकालिन रुपमा यस्ता महामरी रोकहरु संग लड्न वा भनौ न्यूनिकरणका लागि आवश्यक पलह गर्नु पर्ने हो त्यो भएको छैन । अध्ययन अनुसन्धान र विज्ञहरुको उत्पादनमा कुनै जोड भएका छन जस्तो लाग्दैन । आर्थिक रुपमले समेत कुनै सहयोग गरिएका छैन यो जिल्लाको नै समस्या भएका कारण केही रकम जिल्लाको भेरी अस्पतालका लागि विनियोजन भएको भन्ने सुनिएको छ तर खै के भा छ त्यसको आवश्यक जानकारी छैन । मलत ३ वटा सरकार विचको समन्वय र सहकार्यमा यस्ता काम हरु संञ्चालन गर्न आवश्यक हुन्थ्यो ।

अन्तिममा यहाँको केही भनाइ छ की ?  मलाइ त यो कुनै ठुलो संक्रमण होइन  जस्तो  लाग्छ  तर आवश्यक सावधानी र  आत्मा बल बढाउ सुरक्षाका मापदण्डको पालना गरौँ ।   हिजो पनि मृत्यु हुनेहरु थिए फरक रोग थिए आज नया संक्रमण देखा परेको छ विज्ञहरुले यसको रोकथामका लागि पहल गरेका छन् । र  यसको रोकथामका उपाहरु बारे सबै माझ राखेका छन् अब हामीले स्वास्थ्य जीवन शैली अप्नाउन गर्नु पर्ने पहलहरु स्यंम  आफैले गर्नु पर्छ जस्तो लाग्छ । त्यसको लागि सबै सबै ले आफ्ना लागि र आफन्तका लागि सोच्ने बानीको विकास गर्नु पर्छ र सबै भन्दा पहिला आत्म बल बलियो बनाउन आम नागरिहरुलाई आहव गर्न चाहन्छु ।  लक डाउनको अवधिमा नागरिकहरु घरमै बस्न अनुरोध गछौँ यो अवधिमा विवाह भोज , सेमिनार गोष्ठि जस्ता कार्यक्रमहरु नगरौ माक्स अनिवार्य गरौँ एउटा सचेत नागरिकका रुपमा जिम्मेवारी वहन गरौँ आफु बचौ अरुलाई पनि बचाऔँ  ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech