१३ बैशाख २०८१, बिहीबार

१२ घण्टा भित्र ७ संक्रमितको मृत्यु बाँकेमा
  • न्युज मानसराेवर

बाँके,बैजनाथ ।  बाँकेका दुई वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमित बिरामीहरुको १२ घण्टा भित्रमा मृत्यु भएको छ । आइतबार राती ९ बजेदेखि आजबिहान साढे ८ बजे भित्रमा उनिहरुको मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, मृत्यु हुनेहरुमा ६ जना बाँकेका हुन भने १ जना बर्दियाका हुन ।

उनका अनुसार नेपालगंज ५ बाँकेका ४८ बर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएराती ९:१० बजे मृत्यु भएको हो । त्यसैगरी, सोही अस्पतालमा कोहलपुर १५ बाँकेका ६० बर्षिय पुरुषको आज बिहान १ बजे र बैजनाथ ८, बाँकेकै ६० बर्षिया महिलाको बिहान १:२० बजे मृत्यु भएको छ ।

ओलीका अनुसार, नेपालगंज ३, बाँकेका ५१ बर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा सोमबार बिहान ३:३० बजे मृत्यु भएको छ । नेपालगंज १, बाँकेका ६६ बर्षिय पुरुषको पनि आजै बिहान ४ बजे भेरीमै मृत्यु भएको छ ।

त्यसैगरी, बढैयाताल ८, बर्दियाका ४७ बर्षिय पुरुषको आज बिहान ६:३० बजे भेरी अस्पतालमै मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । उनका अनुसार खजुरा २, बाँकेका ३२ बर्षिय पुरुषको पनि बिहान ८:३० बजे सोही अस्पतालमा मृत्यु भएको छ ।

योसङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्ला भित्रका १३५ र जिल्ला बाहिरका १२२ पुगेको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech