विश्वयति बेला कोरोनाको कहर बाट थला परेको छ ,विश्वआकान्त छ ।मै हुभन्ने शत्तिशाली राष्ट्रहरु पनि कोरोना कहरको लडाईमा फिका साबित भएका छन ।अहिलेको विज्ञान प्रविधिको विकास सगै मानव चन्द्रमामा बस्ती बसाउने तयारीमा छ । जाबो कोरोना भाइरसले विश्वलाई तर्साएको छ । आफुलाई विश्वको उत्कृष्ट स्वाथ्य व्यवस्था भएका भनिएका मुलुक भनेर गर्वगर्नेहरु थला परेका छन ।
तिनै देशले कोरोनाको सामना गर्न नसकेर लाखौ मानिसहरु हेर्दा हेर्दै गुमाउन पुगेका छन । तिनका व्यवस्थीत भनिएका स्वाथ्य संरचना कति अपुग र कति निरहि रहेछन कोरोनाले अगाडि ल्याई दिएको छ । यति खेर विश्वमा संचार माध्य र टेलिभिजनमा कोरोनाले निम्ताएको महाविति,अस्पतालको बिजोग, अक्सिजनको अभाव,बेडको अभाव,अस्पतालको ढोका चार्दा चार्दै बिरामिको मृत्यृको भयले बिरामिका आफन्त र जनमानसमा पारेको दर्दनाक अवस्थाले दिर्घकालिन मनोवैज्ञाकि असर पारी सकेको छ ।
संक्रमणको तीव्र भएयता कारण छिमेकी मुलुक भारतको स्वाथ्य सेवा प्रणली मात्र तहस नहस होइन सिगो मानव जमाज तहस नहस हुदैछ । मृत्यृकको लास दाहस्कार गर्न ठाउको अभाव भएको देखिएको छ । एउटै चितामा एक वा एक भन्दा बढी लासहरु जलाउनु पर्ने अवस्था देखिएको छ । आफनो वा पराइको कस्कोमा आसु जारिएको छ थाहा नपाउने अवस्थामा भारत पुगेको छ ।
पहिलो लहरमा समाजमा जतिभय डर त्रास थियो । दोस्रोमा त्यही छैन तर संकमण र मृत्यृ दर भने दिन चौगुना बढी रहेको छ । हाम्रो छिमेकि देशभारतमा संक्रमण भुषको आगो जस्तो भएको छ । त्यसको असर खुलासिमाना रहेको नेपालमा पनि देखिन थालेको छ । विश्वयति खेर कोरोनाले अर्थतन्त्रमा पारेको गहिरो प्रभाव,कोरोना पछिको भबिष्यको आकलनमा व्यस्त छ । दुर्भाग्य हाम्रो राजनीतिक नेतृत्व नागरिक समाज,केहि मिडिया सरकारलाई कसरी कमजोर बनाउने समाजमा थप त्रास कसरी सृजना गर्ने सरकारलाई काम गर्न कसरी रोक्ने काममा तल्लीन छन ।
आफनो आफनो समयमा आफनो आफनो भुमिका हुन्छ ।लडाईको मैदानमा सेनाकोे, निर्माणको बेलासिकर्मि,डकर्मिको,पढाउने बेला शिक्षकको, हिडने बेला खुटाको काम गर्ने बेला हातको बोल्ने बेला मुखको सोच्ने बेला मस्तिकको भए जस्तै हामीले पनि आफनो जिम्मेवारी लिएका छौ । लडाईको बेला सैनिक लडाईको मैदान बाट भाग्छ भने त्यो राष्ट्रको लागि गदार हो ।
यस्तो संकटको बेलाम सरोकार बालाहरुले आफनो युगिन दायित्वप्रति पिठयु र्फाउनु जतिको अनैतिक अनुतरदायी र निन्दनीय कदम आर्को हुन सक्दैन। यो अप्ठेराको बेलामा तन मन बचनले मानव समाजको सेवामा तल्ली नहुन छोडेर समयले दिएको युगिनदाहित्व र जिम्मेवारी पुरा गर्न तर्फ नलागेर पैसा कमाउने,कालोबजारी गर्ने समाजमा भ्रम सृजना गर्ने ध्यानमालाग्ने हो भने त्यो भन्दा अमानबिय कुरा के हुन सक्छ । भएकाले नभएकालाई हुनेले नहुनेहरुलाई सहयोग यस्तै आपत परेको समयमा गर्ने हो ।
महामारी तथाविपतप्रचानकाल देखि नै मानव समाजले भोग्दै आएको छ । प्रकृतिक प्रकोप,मानवीय हिंसा, भोकमारी,सरुवा रोग जस्ता विपतहरु पटक पटक मानव समाजले समना गर्दे आएको छ । महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै दावाबोल्न चाँहि नसक्ने रहेछ । तर यस्ता महामारिहरुले पुरानो सामाजिक संरचना चिन्तन र यथास्थितिवादी शक्ति वा संरचनालाई भने पुन गठनको तहमा पुराई दिने रहेछ ।कोरोना कहर बाट पहिलो पटक नरैनापुर गाँउपालिकाको आइसोलेसन मा बसेका व्यक्तिको मृत्यृ भएको थियो । यो क्रमअहिले सम्म जारी छ । दोस्रो कोरोना कहरले बांके जिल्लालाई नै संक्रमित बनाएको छ ।
दिनमा ३०० भन्दा बढी संक्रमित थपिने आठ दशजना दैनिक मृत्यृ हुनअवस्था देखिनथालेको छ । यो संकटलाई पार लागाउन जनताको ज्यान जोगाउन स्वाथ्यकर्मी सुरक्षाकर्मी राजनीतिकदल नागरिक समाज मिडिया र जनप्रतिनिधि लागि रहेका छन । बांके जिल्लामा रहेको नेपालगज नेपालको पुरानो शहर हो भने कोहलपुर उदाउदो नयां र आधुनिकशहर हो ।
यहाँ ठुला साना गरेर २० भन्दा बढी अस्पताहरु रेहका छन । यो संकटको समयमा सबै स्वाथ्य क्षेत्रहरु कोरोनाको रोगथामऔषधिउपचार, बेड, अक्सिजननपाएर मर्नु पर्ने ठाउ होइन तर कोहलपुर मेडिकल कलेज बाहेकयस्तो संकटको बेलामबाकेमा रहेका निजि अस्पतालहरुले आफनो योगदान दायित्वप्रति पिठयु र्फाउनु जतिको अनैतिक अनुत्तरदायी र निन्दनीय कदम अर्को हुन सक्दैन। लेखक नेकपा एमाले जिल्ला अध्यक्ष हुन् ।