६ बैशाख २०८१, बिहीबार

भेरी अस्पतालमा थप १० कोरोना संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   भेरी अस्पतामा कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा थप १० जनाको मृत्यु भएको छ।

बाँकेका नौ र जाजरकोटका एक जनाको गरि १० जनाको बुधबार राति र बिहीबार विहान मृत्यु भएको हो। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ।

बिहीबार बिहान नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो।

यस्तै बुधबार राति नेपालगञ्ज–१० का २७ वर्षीय पुरुष, नेपालगञ्ज १० कै ७८ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

यस्तै भेरी अस्पतालमै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे र नेपालगञ्ज १० का ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको  छ। ।

यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech