बाँके खजुरा । पुलचोक युवा सञ्जालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
युवा सञ्जालका पदाधिकारीहरुले खजुरा गाउँपालिका स्थित आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा निर्वतमान मन्त्री आरती पौडेल खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपति , उपाध्यक्ष एक माया विक ,नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल , युवा नेता भिम वली लगाएतको सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
पुलचोक युवा सञ्जालका अध्यक्ष महेश शर्मा स्थानीय सरकारले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा आवद्ध स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री उपयोगि हुने विश्वास व्यक्त गरे । उनले यो अभियान जिल्लाका अन्य स्थानीय निकायहरुमा समेत गरिने जानकारी गराए ।
युवाहरुलाई धन्यवाद दिदै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले युवाहरुको क्रियाशिल्ता कोभिड १९ रोकथामका लागि उपयोगि हुने विश्वास व्यक्त गरे । यसै गरी निवर्तमान मन्त्री पौडेलले अभियामा आवद्ध सबै युवाहरुलाई धन्यवाद दिदै यस्ता गतिविधिहरुको निरन्तरताको अपेक्षा राखिन् ।
स्वास्थ्य सामाग्राीको मल्य ५० हजार रहेको बताइएको छ ।
स्वास्थ्य सामाग्रीमा पि.पि इ सेट ५ थान ,सेनिटाइजर ३ जार , सर्जिक माक्स एक हजार ५ सय फेस सिल्ड २५ पिस रहेको छ । उक्त स्वास्थ्य सामाग्री खजुरा आइसोलेसन केन्द्र कोभिड फोकल पर्सन सुदिप पौडेलले बुझाइएको थियो ।
यसै गरी युवा सञ्जालले भेरी अस्पतालमा कोभिड १९ का बिरामीहरुलाई सस्तोमा खाना उपलब्ध गराउदै आइरहेको अंजनी माता रसोई मा १०० सय केजी मसिनो चामल ,दाल २० केजी खाने तेल १० लिटर नुन १० केजी आलु ५० केजी संचालक सरस्वती मल्ल र जितेन्द्र कुमार सिहलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष महेश शर्माले जानकारी गराए ।