१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा लिक्विड अक्सिजनको ट्याङ्कर पुग्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन कोहलपुरमा पुगेको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल  ल्याइएको हो  ‘नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ७ घण्टा पहिले बाँकेको कोहलपुरमा लिक्पिड अक्सिजन पुगिसकेको स्टाटस पोष्ट गरेपनि कोहलपुरमा दिउँसो ३ बजे लिक्पिड अक्सिजन बोकेको ट्याङ्कर पुगेको हो ।

लिक्विड अक्सिजनले कोभिड १९ का संक्रमितहरुको उपचारमा थप सहजता आउने छ । तस्विरः सुमन घिमिरेको फेसबुक बाट 

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech