१२ बैशाख २०८१, बुधबार

बाँकेमा फेरि एक हप्ता निषेधाज्ञा बढ्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

यसअघि वैशाख २७ गते सोमबारसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech