७ बैशाख २०८१, शुक्रबार

विनाविल रेम्डिसिभिर बिक्री गर्नेलाई दुई लाख जरिवाना
  • न्युज मानसराेवर

बाँके नेपालगञ्ज ।  संयुक्त बजार अनुगमन टोलीले सोमबार बिनाबिलको रेम्डिसिभिर औषधी बिक्री गरेको आरोपमा गौतम बुद्ध नेपालगन्ज फार्मेसीलाई २ लाख जरिवाना गरेको छ ।

बजारमा रेम्डिसिभिरको कालोबजारी भएको गुनासो उपभोक्तहरुले गरेपछि संयुक्त बजार अनुगमन टोलीले नेपालगन्ज मेडिकल कलेज परिसर भित्र रहेको औषधी पसलको अनुगमन गर्दा बिनाबिलको रेम्डिसिभिर २१ भाइल बिक्री गरको पाइएकाले २ लाख जरिवाना गरेको बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले बताए । उनका अनुसार फार्मेसीले रेम्डिसिभिर बिक्री गरेको बिलमा मिति पनि उल्लेख नगरेको पाइएको छ ।

अगामि दिनमा कुनै पनि औषधी बिक्रि बितरण गर्दा पारदर्शी तरिकाले बिल काटेर बिक्री गर्ना सुझाव समेत दिएको छ । नेपालगन्जको खजुरा रोडमा रहेको शुभा राइस मिलबाट १६ बोरा चना, १४ बोरा मासको दाल र ४ बोरा मुँगको दाल पनि नष्ट गरिएको छ । उक्त बस्तु उपभोग्य मिति समाप्त भएकाले खाल्डो खनेर नष्ट गरिएको बजार अनुगमन टोलीले जनाएको छ । करिब १ लाख बजारको आखाद्य बस्तु नष्ट गरेको बजार अनुगमन टोलीले जनाएको छ ।

संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत हरिश चन्द्र शर्मा, औषधी व्यवस्था बिभाग नेपालगन्जका धनिबहादुर बोहरा, लोकेश गिरी, उपभोक्त संरक्षण मंचका बसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाई, वडा प्रहरी कार्यालय नेपालगन्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का लगायत थिए । उक्त औषधिको बजार मुल्य ५ हजार रहेको बताइए पनि तस्करी गरेर ३० हजारमा बिक्री भइरहेको गुनासो छ। दस्ताबेज

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech