१३ बैशाख २०८१, बिहीबार

बाँकेमा कोराना संक्रमणबाट थप ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेका दुई अस्पतालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने चारै जना बाँकेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै खजुरा गाउँपालिका–१ की ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख १४ गते पीसीआर गरिएकी उनलाई २४ गते अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा हालसम्म कोरोनाबाट १९१ जनाको मृत्यु भएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech