१३ बैशाख २०८१, बिहीबार

८,६६० जना संक्रमित थपिए, २१४ को मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित पुगेका छन्। आज देशभर ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech