१२ बैशाख २०८१, बुधबार

सामाजिक दुरी कायम गरौँ है फेरी ! मेयर लुट बहादुर

कूल लागत २७ करोड ८८ लाखमा शुरु गरिएको लामो दुरीको बस पार्क निमार्ण कार्य सम्झौता २०७७।११।२६ गते गरिएको थियो ।

  • रबि रोकाया

बाँके कोहलपुर ।  सामाजिक दुरी कायम गरौँ है फेरी नराम्रो सूचना प्रभाह होला  !  यो साबधानी हो ‘ कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतको ।

सोमबार  कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले ५ विगा १६ कठ्ठामा निमार्ण हुन लागेको लामो दुरीको बस पार्क शिल्यान्समा सहभागिहरुलाई भन्दै थिए ।

बाँकेका लक डाउन चलिराखेको छ तर समृद्धिको यात्रा जारी छ’  विकास निमार्णका कार्य सम्पादन गर्नाको लागि सामाजिक दुरी कायम राख्दै निरन्तरता दिएका छौँ रावतले भने ।

कोहलपुर मध्य तथा सुदुरपश्चिको केन्दमा्र रहेका कारण यहाँको भौतिक निमार्ण सगै पर्यावरण मावन सभ्याता लाई बढी जोड हुने विकास गर्न खोजिएको छ ।

यहाँका नमुना कामहरु बाट अन्य मुख्यतया कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशले पनि ग्रहण गराउने खालका नगर स्तरीय योजनालाई अगाडी बढाएका छौँ मेयर रावतले भनेका छन् ।

बस पार्क  निमार्ण  २ वर्ष भित्र सम्पन्न हुने गरी कामको थालनी गरिएको छ।’ कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

कूल लागत २७ करोड ८८ लाखमा शुरु गरिएको लामो दुरीको बस पार्क निमार्ण कार्य सम्झौता २०७७।११।२६ गते गरिएको थियो ।

कूल बजेको ६० प्रतिशत नगर विकास कोष तथा ४० प्रतिशत कोहलपुर नगरपालिका कार्यालयको रहेको कछ ।
निमार्ण कार्य खड्का ।दया सगुन निर्माण सेवा कन्स्ट्रक्सन्को जिम्मामा काम शुरु गरिएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech