८ बैशाख २०८१, शनिबार

बाँकेमा अधिकारकर्मी र स्वास्थ्यकर्मी द्धारा अनुगमन

आईसोलेनमा असमान सुबिधा, मापदण्ड अनुसार संचालन हुनु पर्नेमा जोड

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।बाँकेमा जिल्लाका स्थानीय तहले निमार्ण गरेका अस्थायी आईसोलेसन  केन्द्र हरुको अधिकारकर्मी  र स्वास्थ्यकर्मी द्धारा अनुगमन गरीएको छ ।

संयुक्त अनुगमन टोलिले  स्थानिय तहले निमार्ण गरेका आईसोलेसन केन्द्रमा कोरोना संक्रमित बिरामीहरुको लागी असमान सुबिधा रहेको
पाएको छ ।

अनुगमनमा एउटै  पालिका कुनै  आईसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमित बिरामीलाई औषधी र खानपानको ब्यवस्था मिलाईएको छ भने कुनैमा सो सुबिधा दिएको नपाईएको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

बिरामीलाई स्थानिय तहले असमान सुबिधा दिएको भए पनि आफ्नै गाउँठाउँमा अक्सिजन सहितको आईसोलेसन सेन्टरको निमार्णले आफुहरुलाई सजिलो भएको बिरामीहरुले बताएका छन् ।

स्थानिय तहले खोलेका आईसोलेसन र कोभिड अस्थायी अस्पतालको अवस्था बारे बुझ्न जनस्वासथ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र अधिकारकर्मी वसन्त गौतम समेतको टोलीले खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रका बिभिन्न आईसोलेसन र अस्थायी कोभिड अस्पतालको स्थलगत भ्रमण गरेको थियो । अनुगमनका क्रममा संक्रमित बिरामले स्वास्थ्यकर्मीको ब्यवहार र हेरचाह राम्रो रहेका बताएका थिए ।

अनुगमनका क्रममा आईसोलेन सेन्टरमा रहेका बिरामीले सामान्य खालका औषधी बाहेक अन्य आफैले किन्नु परेको बताएको अनुगमन पुगेका गौतमले बताए । राधापुर स्थित स्वास्थ्य चौकीमा बनाईएको आईसोलेसन सेन्टरमा हाल ४ जना पुरुष र १ महिला रहेका छन् । त्यहाँ एच.ए. दिपक ढकाल सिअनमी रन्जना घर्तिको प्रत्यक्ष निगरानीमा कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ ।

उक्त सेन्टरमा एक दिन बिराएर डा. मधु अर्याल आउने बिरामीहरुले बताए । उक्त केन्द्रमा बाथरुम छैन भने एउटै ट्वाईलेट रहेको छ । त्यहाँ २ जना बिरामीलाई अक्सिजन दिईएको छ । यसै गरि खजुरा स्थित जनक शिक्षा सामग्री केन्द्रमा १ महिला सहित ४ जना रहेका छन । उक्त स्थानमा बिरामीलाई खाना, पानी समेतको सेन्टरले नै ब्यवस्था छ । सामान्य औषधी दिईन्छ भने एन्टीवायोटिक महङ्गा औषधी बिरामीलाई किन्न लगाएको छ । त्यँहा २ वटा ट्वाईलेट र वाथरुमको ब्यवस्था रहेको ।

त्यहाँ महिला पुरुष संक्रमित बिरामीलाई एउटै हलमा राखिएको अनुगमन टोलीले जनाएको छ । त्यहाँ डा. पुजा सुनार र कृष्ण आचार्यको निगरानीमा बिरामीको उपचार हुने गरेको छ । त्यहाँका बिरामीको ल्याव टेष्ट र एक्सरे गर्नु परेका खजुरा स्थित क्यान्सर अस्पतालमा लग्ने गरेको सिनियर अहेव सुदिप पौडेलले जानकारी दिए ।

त्यहाँ रहेका बिरामीले स्वास्थ्यकर्मीले राम्रो हेरचाह र ब्यवहार गरेको प्रत्तिक्रिया दिएका थिए । यसै गरि बैजनाथ गाउँपालिकाको बनकटवामा निर्माण गरिएको कोभिड १९ अस्थायी अस्पतालमा १ महिला सहित ३ जना कोभिड संक्रमित बिरामी रहेका छन् ।

गत बैशाख १२ गतेबाट संचालनमा ल्याईएको उक्त अस्थायी कोभिड अस्पतालमा । उनीहरुका लागी पनि खानपानको ब्यवस्था मिलाईएको छ । यहाँ भर्ना भएका २ जनालाई सिलिण्डर मार्फत अक्सिजन दिईएको छ । यो अस्थायी अस्पतालमा २० वटा वेडको ब्यवस्थापन मिलाईएको डा. प्रदिप चौधरीले जानकारी दिए ।

संक्रमितका लागी स्वास्थ्य उपचार प्रक्रिया राम्रै रहेको पाईए पनि शौचालयको समुचित ब्यवस्थापन, सरसफाई, लैगिक सवाललाई त्यति ध्यान दिएको नपाईएकाले यी पक्षमा सुधार गर्न अनुरोध गरिएको गौतमले बताए । सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क ब्यवस्था मिलाएको बताएता पनि सबैले यो सुबिधा पाउन सकेका छैनन । कुनै स्थानिय तहले बिरामीको उपचार र खाना समेत ब्यवस्था मिलाएका छन् भने कुनैले यो सुबिधा दिएका छैनन ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech