१२ बैशाख २०८१, बुधबार

बागमती राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु
  • न्युज मानसराेवर

काठमाडौं – बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सुरु भएको छ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलको रिक्त स्थानमा आज मतदान भइरहेको हो।

माओवादी केन्द्रले उनलाई कारबाही गरेपछि सो स्थान रिक्त भएको थियो।

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि एमालेका तर्फबाट रामबहादुर थापा, संयुक्त प्यालनबाट खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन्। एमालेले बादललाई नै उम्मेदवार बनाएको हो।

हेटौंडाको भुटनदेवी माविमा जारी मतदानका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech