६ चैत्र २०८०, मंगलवार

बाँकेमा ३ सय ४२ थपिए, ३८३ डिस्चार्ज, १७ जनाको निधन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कोरोना भाईरसका ३ सय ४२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ३ सय ४ जना मध्ये २ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको ९३ जना मध्ये ३८ जना, र बागेश्वरी ल्याबमा १ सय ८६ जनाको परिक्षण गर्दा ९६जना गरी बाँकेमा ३ सय ४२ जनामा संक्रमणको पृष्टि भएको छ ।

शुक्रवार थप भएकामध्ये बाँकेका २ सय ६ जना रहेका छन् भने बाहिरी जिल्लाका १ सय ३० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

शुक्रवार थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ४ सय ३६ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज १ सय ५५ महिला र १ सय ८३ जना पुरुष गरी ३ सय ८३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार २४ जनाले कोरोना भाईरसलाई जितेका छन् ।

बाँकेमा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ७ सय ७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय २४ जना रहेका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech