७ बैशाख २०८१, शुक्रबार

मेडिकल कलेजले कोरोनाको निःशुल्क उपचार गर्ने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोरोनाको निःशुल्क उपचार गर्ने भएको छ । पश्चिम नेपालमै बाँकेको भेरीसहित मेडिकल कलेजले कोरोनाका विरामीहरुको उपचार गर्दै आएको छ ।

मेडिकल कलेजका निर्देशक नितेश कुमार कनोडियाको व्यवस्थापनमा नेपाल सरकारको मापदण्डअनुसार उपचार निःशुल्क गरेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै मेडिकल कलेज कोहलपुरले कोरोनाका विरामका लागि तप बेडको समेत व्यवस्थापन गरेको छ । कलेजले कोभिड वार्डमा क्षमता विस्तार गर्दै ४५ आइसियु बेडसहित १३० बेड तयार गरेको छ । यसअघि कलेजमा ११५ बेडमा उपचार हुँदै आएको थियो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech