७ बैशाख २०८१, शुक्रबार

आज ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ४५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

 

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech