८ बैशाख २०८१, शनिबार

‘अब कोरोना संक्रमण र मृत्युदर घट्दै जान्छ’ -डा. पुन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः कोरोना संक्रमण दर घट्दै जाने बताएका छन् ।  काठमाडौं उपत्यकामा यतिबेला कोरोना भाइरसको दर उच्च विन्दुमा पुगेकाे तर अबका दिनमा संक्रमण घट्ने उहाँको भनाइ छ । निषेधाज्ञा अगाडिको भीडभाड र जमघटका कारण कोरोना भाइरसको संक्रमण दर अहिले उच्च भएको  तर अहिले निषेधाज्ञा जारी रहेकाले कोरोना संक्रमण दर घट्दै जाने पुनको ठहर छ ।

‘अहिले कोरोना संक्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषेधाज्ञाअगाडि मानिसहरु मिसमास भए । भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्रमणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्रमण थप बढाउनुभयो । त्यही कारण कोरोनाले अहिले क्षमता प्रदर्शन गरिहेको हो । तर अब निषेधाज्ञा जारी छ र संक्रमण दर घट्दै जानेछ ।’ पुनको भनाइ रहेको छ ।

 

डा पुनले अहिले नेपालमा संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु हुने गरेकाे बताए ।   संक्रमितको अनुपात यस्तै स्थिर रहेमा मृत्युदर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ । मृत्युदर पनि करिब-करिब २ प्रतिशत छ । धेरै परिवारका सदस्य संक्रमित भइसक्नुभएको छ । तर स्ट्रिक्ली यसरी नै गरियो भने त्यो पनि घट्न सक्छ । अब संक्रमित हुने ठाउँ त्यति छैन ।’

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech