७ बैशाख २०८१, शुक्रबार

श्रमिक वर्गका लागि सहयोगि हातहरु जुट्दै
  • न्युज मानसराेवर

बाँके कोहलपुर ।  बाँकेमा कोरना संक्रमण बाट धेरै संख्याको मृत्यु भइसेको छ ।

तिनै तहका सरकार संक्रमण रोगथाम गर्न प्रयत्नशिल छन् । नेपालमा २ जिल्ला मात्र लक डाउन छैइनन ‘बाँकी सबैमा लक डाउन  जारी रहेको छ ।    संक्रमणको उचित रोगथाम भने गर्न सकिएको छैन ।

पछिल्लो समय मध्य तथा सुदुरपश्चिमको केन्द्र कोहलपुर होम आइसोलेसनमा संक्रमित संख्या मात्र एक हजार ७८ पुगेको थियो तर विस्तारै गिरावट जारी छ हाल यो संख्या ३ सय ३६ को संख्यामा झरेका छ ।  यो खुसी पनि हो । तर जिल्लामा भइरहेको लक डाउनले गर्दा आम श्रमजिवी तथा न्यून आर्य स्रोत भएका संक्रमितको अवस्तामा भने खाद्य संकट पैदा भएको छ ।

नेपालको संविधानले २०७२ ले खाद्य अधिकार प्रत्याभूत गरेतापनि तिनै तहका सरकार मौन छन्। खाद्य अधिकारको वकालत गर्ने संघ संस्था पनि मौन छन् । अवस्था नाजुक बन्दै गएको छ । राज्य अहिले अक्सिजन र अस्पताल व्यवस्थापनमा केन्द्रित भएर होला ।

राहतका प्याकेज बाँकेमा नभएका भने होइनन तर त्यो राजनितिक व्यवहारमा केन्द्रित छ । यसै विचमा आज कोहलपुरका सफल व्यापारी,साहित्यकार प्रदिप भट्टराईको संयोजकमा“रोगले होइन भोकले कोही मर्न नपरोस्” अभियान शुरु गरिएको छ । मानविय सहयोगमा  भट्टराईले  सहभागि हुन  सामाजिक सञ्जालमा सबैलाई अपिल समेत गरेका छन् ।

गाउँदेखि शहरसम्मका गरिब तथा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग गर्ने प्रमुख लक्ष्यका साथ कोभिड खाद्य बैंकको स्थापना गरिएको बताईएको छ ।  कोहलपुरमा क्षेत्रमा सामाजिक कार्यमा सक्रिय यूवाहरुद्धारा सामाजिक सेवा भावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण प्रभावितहरुलाई हातमुख जोर्न सहयोग गर्ने हेतुले कोभिड खाद्य बैंक, कोहलपुर बाँकेको परिकल्पना गरिएको भट्टराईले  उल्लेख गरेका छन् ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech