१६ चैत्र २०८०, शुक्रबार

नेपालमा बारम्बार किन प्रतिनिधि सभा बिघटन हुन्छ ?
  • न्युज मानसराेवर

नेपाली जनताले पहिला यसको उत्तर खोजे पछि मात्रै चुनावको तयारीमा लाग्नु पदर्छ । २०७८ साल कार्तिक २६ र मसिर ३ गते चुनाव बाट निर्बाचित ससंदहरुले फेरी अहिले जस्तै बिगतमा जस्तै गर्देन भन्ने कानुनी आधार नबनाए सम्म चुनावमा जानुको अर्थ छैन ।

यो ७१ बर्षको राजनीतिक इतिहासमा पाँच बर्ष सरकार टिकेको इतिहास हामी सगै छैन।विपी, गिरीजा, प्रचण्ड र केपी जस्ता पार्टीका शक्तिशाली नेतृत्वले समेत पाच वर्ष काम गर्ने वातवरण प्रतिनिधि सभामा भएन यसको उत्तर राजनीतिक र विधिको हिसाबले अब खोजिनु पर्छ । राजा,नेपाली काङग्रेस र कम्युनिष्ट पार्टीको नेतृत्वमा २००७ सालमा भएको जनआन्दोनबाट १४० वर्ष शासन गरेको राणा शाासन समाप्त भयो ।

नेपाली काङग्रेसको आन्तरिक किचलोका कारण ८ वर्षसम्म संविधान सभा तथा प्रतिनिधि सभाको निर्वाचन हुन सकेन । कम्युनिष्ट पार्टीको दवाबमा २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो ।

नेपाली काङग्रेसले दुई तिहाई बहुमत ल्याउन सफल भयो र विपी निर्वाचित प्रधानमन्त्रि हुन सफलहुनु भयो । प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्य एक छोड्नु पर्ने मातृकाको मागका कारण त्यस समयमा मातृका र विपी बिचको झगडा थियो ।

विपी र मातृका आन्तरिक अन्तर विरोधका कारण विपीले दुई वर्षभन्दा बढी सरकार संचालन गर्न सक्नु भएन । प्रतिनिधि सभा विघटन हुनपुग्यो । कम्युनिष्ट पार्टी र नेपाली काङग्रेसको संयुक्त आन्दोलनको जगमा ३० वर्षसम्म नेपाली जनता माथि शोषण उत्पीडन, थिचोमीचो गरेका सामान्तवादको नाइके राजतन्त्रको अन्त्य भयो ।

२०४८ सालको निर्वाचनमा नेपाली काङग्रेसले बहुमत ल्यायो । गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भटराईको आन्तरिक अन्तर विरोधका कारण प्रतिनिधि सभाले दुई वर्ष भन्दा बढी काम गर्न सकेन प्रतिनिधि सभा विघटन भयो २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा एमाले ठुलो पार्टी बन्यो । मनमोहन अधिकारी प्रधानमन्त्री हुनु भयो । राम्रो काम गर्दा गर्र्दै पनि अल्पमतको सरकार भएकोले मनमोहनले पनि प्रतिनिधि सभा विघटन गर्नु प¥यो ।

२०५६ सालमा निर्वाचन भयो । नेपाली काङग्रेसले बहुमत ल्याउन सफल भयो । देउवा र गिरीजाको अन्तर विरोधका कारण देउवाले प्रतिनिधि सभा विघटन गरिदिए ।२०६२-२०६३ सालको जनआन्दोलन पछि भएको संविधान सभाको निर्वाचन भयो । नेपाली काङग्रेसले ३३ सिट, नेकपा एमालेल ३०, माओवादीले एक्लै १३७ सिट जित्न सफल भयो । प्रचण्ड प्रधानमन्त्री हुनु भए  । ८ महिना भन्दा बढी सरकार संचाालन गर्न उनले पनि सकेनन्  ।

बाबुराम भटराईले संबिधान सभा विघटन गरिदिए । २०७५ सालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन भयो । एमाले १२१ सिट, काङग्रेस ६३ सिट माओवादी ५३ सिटमा बिजय प्राप्त गरे । माओवादी र एमालेको सयुक्त सरकार बन्यो ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली मुलुकको प्रधानमन्त्री हुन सफल हुनु भयो । ६८ वर्षदेखि भारतले कब्जा गरेको भूमिफिर्ता ल्याउने काम, अतिवादी सघर्ष गरेको सिके राउतलाई मुलधारमा ल्याउन, हिंसात्मकआन्दोलन गरको विप्लवलाई शान्ति प्रकृयामा ल्याउन र समृद्धि नेपाल सुखी नेपालीको महाआकाँक्षा पूरा गर्ने अभियान सञ्चालन गरेका नेपालका लोकप्रिय प्रधानमन्त्रीलाई समेत नेकपा एमालेको आन्तरिक अन्तर विरोधका कारण काम गर्न प्रतिनिधि सभाले दिएन र प्रतिनिधि सभा बिघटन हुनपुग्यो ।स्थीर सरकार निर्माण गर्ने र भष्टचार नियन्त्रण गर्ने हो भने पहिला साँसदहरु मन्त्री हुन नपाउने नियम बनाउन जरुरी छ ।

यदि निर्वाचित सांसद मन्त्री हुन नपाउने हो भने निर्वाचनमा हुने ५० प्रतिशत चुनावी खर्च कम हुन्छ र उम्मेदवारले अनावश्यक रुपमा खर्च पनि गर्दैन । निर्वाचित संसदको काम नियम कानुन मात्र बनाउने भएपछि कानुन बनाउने र त्यसको तयारी गर्ने हुँदा खरिद बिक्रि पनि नहुने लोभ लालच पनि नहुने भएकोले स्थिर सरकार बन्ने र बनाउन सकिने भएको हुँदा सांसद मन्त्री हुन नपाउने विधि वा कानुनबाट मात्रै स्थिर सकार बनाउन र टिकाउन सकिने छ । लेखक ढकाल नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष हुन् । 

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech