८ बैशाख २०८१, शनिबार

आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका  हुदैछ ।   मतदानका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र बनाइएको छ । प्रदेशसभा सदस्यका लागि ‘क,’ स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ख’ र कोरोना संक्रमितका लागि ‘ग’ मतदान केन्द्र निर्धारण गरिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

मतदान गर्न आउने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको  निर्वाचन  कार्यालयको तालिकामा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनबाट कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिएका छन् । यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

खड्का अर्घाखाँचीको मालारानी गाउँपालिका–५ निवासी हुन् । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । उनी कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ निवासी हुन् । लुम्बिनी प्रदेशसभाका ८३ प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् ।

यसै गरी  मताधिकारबाट वञ्चित रहेका जसपा सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवले पनि निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै मताधिकार पाएका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १७ जना र ८३ सांसद् गरी ३ सय जनाले मतदान गर्दै छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech