१३ बैशाख २०८१, बिहीबार

आज ८ हजार ६६३ जना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज  २४ घण्टायता देशभर  ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

यस्तै  ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ६२४ जनाको पीसीआर र २ हजार २९ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

उक्त अवधिमा  मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ।  हाल ९७ हजार ६९९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १४ हजार १८२ को पीसीआर र ६६३१ जनाको एन्टिजेन परीक्षण भएको छ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech