१६ चैत्र २०८०, शुक्रबार

अब संगठन सुदृढिकरणमा नेकपा एमाले बाँके
  • न्युज मानसराेवर

बाँके ।नेकपा एमाले बाँके  पार्टीको क्षेत्रीय कमिटी, प्रदेश क्षेत्रीय कमिटी र पालिकास्तरीय कमिटीका अध्यक्षर सचिवहरु सम्मेलित बैठक सम्पन्न गरिएको छ । सम्पन्न बैठकले आगामी दिनमा कोरोना महामारी रोकथामसँगै संगठन सुदृढिकरणमा लाग्ने निर्णय गरेको छ।

कमिटीका अध्यक्षहरुले कोरोना कहरका सम्बन्धमा पार्टीले गरेका गतिविधि र पार्टीको अवस्थाका वारेमा जानकारी उल्लेख गरेका थिए ।

जिल्ला कमिटीको अन्तर पार्टी निर्र्देशनलाई कोरोना अवधिभर आन्तरिक तयारी गरी संक्रमण कम हुनासाथ कडाईका साथ कार्यान्वयन गर्ने र असार मसान्तभित्र पार्टी संगठित सदस्यता नविकरण गरिसक्ने वैठकले निर्णय समेत गरेको छ ।

बैठकले भेरि अस्पताल मा १३गते घटना मा संलग्न लाई कानुनि कार्वाही को मुदा दर्ता र स्वास्थ विधेयक जारी भइसकेको अवस्थामा आन्न्दोलन फिर्ता लिएर आफ्नो पेशामा फर्कन सबै स्वास्थ्यकर्मीमा अनुरोध समेत गरेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

यसै गरी बैठकले जिल्ला कमिटी सदस्य यमबहादुर रावत पार्टी परित्याग गरेकोले साधारण सदस्य समेत नरहनेगरी जिल्ला कमिटीबाट निस्कासन गरिएको छ । भने पार्टी सचिवालय सदस्य डम्बर थापा र सचिवालय सदस्य बलराम भट्टराईको धर्मपत्नी द्रुपदा भट्टराईको कोरोनाका कारण मृत्यु भएकोमा वैठकले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

 

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech