बाँके बैजनाथ । कोहलपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई कोभिड १० विरुद्धको पहिलो खोप अभियान सम्पन्न गरेको छ ।
नगरपालिकाले जेष्ठ नागरिकलाई भेरोसेल नामक कोभिड १९ विरुद्धको खोप अभियन सञ्चालन गरेको थियो ।
अभियान अन्तगत कोहलपुर नगरपालिकाका १५ वटै वडाका कूल आठ सय १६ जना जेष्ठ नागरिकले खोप सेवा लिएका छन् ।
उनीहरु मध्य महिला तिन सय ८९ र पुरुष चार सय २७ जनाले खोप लगाएका हुन् ।
यसै गरी बैजनाथ गाउँपालिकाका ८ वटै वडामा कूल आठ सय ५३ जना जेष्ठ नागरिकले खोप अभियामा सहभागि जनाएका थिए ।
बाँकेमा कूल ७४ प्रतिशत जेष्ठ नागरिकले खोप सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार कुल आठ वटा स्थानीय तहहरुमा कूल पाँच हजार आठ सय ५९ जना जेष्ठ नागरिकले खोप अभियानमा सहभागिता जनाएका थिए ।