७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कूल ७४ प्रतिशत जेष्ठ नागरिकले खोप अभियानमा सहभागिता जनाए
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई कोभिड १० विरुद्धको पहिलो खोप अभियान सम्पन्न गरेको छ ।
नगरपालिकाले जेष्ठ नागरिकलाई भेरोसेल नामक कोभिड १९ विरुद्धको खोप अभियन सञ्चालन गरेको थियो ।

अभियान अन्तगत कोहलपुर नगरपालिकाका १५ वटै वडाका कूल आठ सय १६ जना जेष्ठ नागरिकले खोप सेवा लिएका छन् ।
उनीहरु मध्य महिला तिन सय ८९ र पुरुष चार सय २७ जनाले खोप लगाएका हुन् ।

यसै गरी बैजनाथ गाउँपालिकाका ८ वटै वडामा कूल आठ सय ५३ जना जेष्ठ नागरिकले खोप अभियामा सहभागि जनाएका थिए ।

बाँकेमा कूल  ७४ प्रतिशत जेष्ठ नागरिकले खोप सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कुल आठ वटा स्थानीय तहहरुमा कूल पाँच हजार आठ सय ५९ जना जेष्ठ नागरिकले खोप अभियानमा सहभागिता जनाएका थिए ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech