कोहलपुर । धेरैको मनमा यो पश्न हुनु स्वाभाविक हो कोहलपुरमा अब कोराना संक्रमित संख्या कति ? वित्दै रहेका यो एक महिना अवधिमा कोहलपुरका जनातमा एक प्रकारका त्रास नै रह्यो फैलियो ।
कोरनाको संक्रमित संख्या बाँके जिल्लाको नेपालगञ्ज पश्चात कोहलपुर नै उच्च जोखिम थियो ।
कूल जनसख्याको औषत अनुपातमा भन्दा पनि न्यून रुपमा संक्रमित संख्या रहेता पनि एक हजार ७८ पुगेको थियो संक्रमित संख्या । स्थानीय निकाय स्यम आफै चिन्तित थियो । चिन्तित हुनु पर्ने अवस्ता पनि थियो नगर प्रमुख लगाएत जनप्रतिनिधि स्यम संक्रमित थिए । ,तर धैर्य र योजनाबद्ध रुपमा संक्रमित संख्या घटाउने लक्ष्य अनुसार अगाडी बढेको नै हो ।
स्थानीय नागरिकलाई बचाउनु अभिभावकको प्रमुख उदेश्य पनि हो त्यसैको लक्ष्यमा कोहलपुर नगरपालिकाले अस्थायी कोभिड १९ अस्पताल र आइसोलेसन केन्द्र स्थापना गर्यो ,भने वडा स्तरमा स्वास्थ्यकर्मीहरु परिचालन गरेको थियो ।
स्वास्थ्यकर्मीहरुले नियमित मनोपरामर्श सेवा सगै्र निशूल्क औषधि लगाएतको सेवा विस्तार गरिएको थियो । सूचनालाई चुस्त गराउन नगरपालिकाले कोभिड १९ फोकल पर्सनको व्यवस्थापन सगै आवश्यक स्वास्थ्यकर्मी दरबन्दी समेत गर्यो ।
कोहलपुर नगर प्रमुख वडा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत लगाएतको टोली स्यम वडा स्तरमा मनोपरामर्श सेवा दिदै भेटघाट लाई निरन्तर जारी राख्नु पनि हो कोहलपुरमा संक्रमित संख्या झर्नु ।
हाल नगरपालिका अस्थायी रुपमा सञ्चालनमा ल्याएको कोभिड १९ अस्पताल आइसोलेसन केन्द्र सबै खाली छ ।
होम आइसोलेसनमा बाँकी अब ३६ जना मात्र बाँकी रहेको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराए । उनीहरु मध्य १७ जना पुरुष र महिला १९ जना छन् ।