कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय कृषकलाई बुंगुरपालनमा प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन गरेको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ । आर्थिक वर्ष ०७७।७८ मा ९ लाख ५३ हजार स्थानीय ५० जना कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा कार्यालयका गोविन्द रोकायाले जानकारी गराए ।
कोहलपुर नगरपालिका आर्थिक विकास समितिको संयोजक डिल बहादुर परियार लगाएतको टोलिले अनुदानमा प्राप्त बुंगुरका पाठा ,पाठी बच्चा) हरुको अवस्था कृषक छनोट प्रक्रिया बारे बुझेको थियो ।
कूल बजेट मध्य ८० प्रतिशत रकम बुगुरका बाठा पाठी खरिद गरी ५ वटा समुह लाई हस्तान्तरण गरिएको छ । भने बाँकी २० प्रतिशत रकम कृषकलाई तालिम बुंगुर लाई औषधि ,अनुगमन मा खर्च गरिने बताइएको छ । कोहलपुरका ५० जना कृषकलाई दुई सय ५० संख्यामा बुंगुरका पाठा, पाठी वितरण गरिएको हो ।