१६ चैत्र २०८०, शुक्रबार

जिल्लामा घट्यो संक्रमित संख्या आयोगले सरकारलाई गर्यो पत्राचार
  • आर.के. छिनाल

बाँके ।  बाँकेका आठ वटै स्यानीय तहमा कोरना संक्रमित संख्यामा गिरावट आएको छ । जिल्लामा होम आइसोलेनमा रहेका संक्रमित संख्यामा गिरावट आएको हो ।  जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेले उल्लेख गरे अनुसार अब जिल्लामा १  सय ३३ जना कोरना संक्रमित होम आइसोलेसन छन् ।

प्राप्त विवरण अनुसार नेपालञ्ज उपमहानगरपालिमा महिला ९ पुरुष ११ गरी २० जना ,कोहलपुर नगरपालिकामा महिला १८ पुरुष १३ गरी ३१, बैजनाथ गाउँपालिमा महिला ६ पुरुष ५ गरी जम्मा ११ ,खजुरा गाउँपालिकामा महिला ६ पुरुष २ गरी ८ ,जानकी गाउँपालिकामा महिला ५ पुरुष २ गरी ७, डुडुवा गाउँपालिकामा महिला १० पुरुष ८ गरी १८, राप्ती सोनारी गाउँपालिकामा महिला २२ पुरुष १३ गरी ३५ र नरैनापुर गाउँपालिमा महिला ० पुरुष ३ गरी जम्मा १  सय ३३ जना संक्रमित संख्या छन् ।

उनीहरु प्रत्यक्ष स्वास्थ्यकर्मीहरुको मनोपरामर्श सेवामा रहेको बुझिएको छ । उच्च जोखिम रहेको बाँके जिल्ला संक्रमित दर घटेको छ । तर पछिल्लो समय स्थानीय निकायहरुमा पिसीआर परिक्षण दायरा बढाउनु पर्ने माग गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यान आकर्षण गर्दै बालबालिका तथा वृद्धवृद्धाहरुको समेत पिसीआर परिक्षण गरिनु पर्ने माग राखेको छ ।   जिल्लामा संक्रमित दर घटेपनि प्रयाप्त परिक्षण नभएकोमा आयोगले सरकारको ध्यान आकर्षण  गरेको छ ।

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप लगाउने कार्यलाई व्यवस्थित गर्न, खोपमा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न, समुदायस्तरमा परीक्षणको दायरालाई वृद्धि गर्न, कोभिसिल्डको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोजको व्यवस्था मिलाउन र खोप लगाउनुपर्ने सबै नागरिकलाई पर्याप्त हुने गरी व्यवस्था गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech