८ बैशाख २०८१, शनिबार

सबै स्थानीय तहको बजेटको असार १० गते आउने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । संघ र प्रदेशले बजेट ल्याइसकेपछि स्थानीय तह यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, देशभरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटेका हुन्।

बजेटलाई मध्य नजर गर्दै ७ गते निति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको बाके बैजनाथ गाउँपािलका उपाध्यक्ष सारदा रेग्मी विकले जानकारी गराईन् विकका अनुसार ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ भने १० गते बजेट प्रस्तुत तथा बजेट माथी आवश्यक छलफल गरिने जानकारी गराई । बाँकेका अन्य स्थानीय निकायले समेत ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको बुझिएको छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech