७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना खोप लगाउनेको संख्या ३२ लाख नाघ्यो
  • न्युज मानसराेवर

बाँके ।  देशभर कोरोना विरुद्धको पहिलो तथा दोस्रो खोप लगाउनेको संख्या ३२ लाख ३१ हजार ८४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाउनेमध्ये २५ लाख १९६ जनाले पहिलो डोज मात्र लगाएका छन्।

यस्तै ७ लाख ३१ हजार ६५३ जनाले दुवै डोज लगाएका छन्। नेपालमा हालसम्म ६ लाख ४५ हजार ३०९ जनामा कोरोना पुष्टि भइसकेको छ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech