१५ चैत्र २०८०, बिहीबार

लालपुर्जा कहिले कार्यान्वयन हुन्छ सरकार ?’ भदौ सम्म वितरण गछौँ आयोग सदस्य गिरी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके जिल्लाको बैजनाथ गाउँपालिका हाल वडा न ६का सुकुमबासीहरुका पिडा के छन् भन्ने खोज गर्ने चेष्टा गर्यो खाद्य अधिकारको क्षेत्रका क्रियासिल संस्था फियान नेपालको सक्रियतामा । लामो समय फियान नेपाल यहाँका भूमिहिनहरुको अधिकार सुनिश्चित गर्नाका लागि लकालत तथा कानूनी प्रक्रियाहरुमा सहजीकरण गदै आइरहेको छ । विभिन्न समयमा स्थानीय सरकार हुदै प्रदेश ,केन्द्र सम्म अन्तरसंवाद , सार्वजनिक सुनवाई , अन्तरक्रिया ज्ञापनपत्र,ध्यानआकर्षण ,माग पत्र जस्ता गतिविधिहरुमा फियान नेपालले सहजीकरण गर्दै आइरहेको छ ।

कारण २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा १ सय ७ घरपरिवारले कालो लालपूर्जा पाएका थिए । त्यतिबेलामा सुकुम्वासी समस्या समाधान आयोग मार्फत १० कठठा जग्गाको कालो लालपूर्जा प्राप्त गरेका उनहिरुले अहिले सम्म रातो लालपुर्जा पाएका छैनन् उनीहरुले न्यायिक रुपमा लालपुर्जा पाउनु पर्ने फियान नेपालका क्षेत्रिय प्रमुख सुरेश गौतमको भनाइ  थियो ।

हामीले लालपुर्जा नपाउँदा उनहिरुको  पिडा उनीहरु  संग नै संवाद गर्यो र निकर्ष निकाल्यौ राज्यले सुकुमबासी भनेर दिएको लालपुर्जा कार्यान्वयन गराउन बस्ति बिकास कम्पनी ताराताल बर्दियामा प्रति कठ्ठा ११ हजार जम्मा गर्नुपर्नेमा । चरम आर्थिक अभाव र बाढी पहिरोले पिडामा भौतारिएको परिवारले  गाँस बास को जोह गर्न मुस्किल पर्ने  समयमा कसरी राज्यले तयार पारेको मापदण्डमा पर्ने ? सुकुमबासी भएको व्यक्ति सँग तत्कालिन अवस्थामा १ लाख ११ हजार कसरी जोह गर्न सकिन्छ  ? या  त सुकुमबासीका नाममा हुकुम बासी हुनु पर्यो ।

२०३८ साल  एता  बस्तिमा धरै परिवर्तन भइसकेको छ उनीहरुका तिन पुस्ता त यही बसोबास गरिरहेका छ । गासँ बासको जोह नै प्रमुख मानिसको जीवन जिउने आधार भएकाले उनीहरु   शिक्षा बाट पनि बन्चित हुन पुगेका छन् उनीहरु का लागि  एक छाक मिठो मसिनो खाना खान र शरिरमा लाज ढाक्न भारत मुख्य गन्तव्य बनेको छ  ।  तत्कालिन बनकट्वा गाविस वडा न ९ मा  २०३८ साल देखि बसोवास गर्दे आएका छन् ‘उनीहरु ।  उनीहरु सल्यान, सुर्खेत तथा जाजरकोट बाट  विस्थापित भएर आएका थिए ।

आज  उनीहरुको सवाल बारे हामीले जिल्ला भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेका सदस्य गोपाल गिरी संग संवाद गरेका छौँ । हामीले सर्वप्रथम  विगत २०३८ सालदेखि बसोबास गर्दैै आएका बाँके बैजनाथ गाउँपालिका वडा नं८ अठ्ठाईस घरका सुकुम्बासीहरुले कहिले लालपुर्जा पाउँछन् भन्ने पश्न गर्यो ? 

सदस्य  गिरी  जवाफ थियो लालपुर्जा अब  छिट्टै वितरण हुन्छ तर काम गर्न अझै  केही बाँकी छ ।

के के कामहरु छन् बाँकी ? आयोगले अहिले सम्म के कस्ता कामहरु गरिसकेको छ ? 

मुख्य रुपमा हामीले तिन चरणमा काम जुन लागत संकलन हो त्यो सम्पन्न गरिरहेका छौँ जस अन्तगत पहिलो भूमिहिन दलित ,भूमिहिन सुकुमबासी र अव्यस्थित बसोबास  छन् ।’ उनीहरुको लागत संकन हो त्यो हामीले सम्पन्न गरिसकेका छौँ अब बाँकी केन्द्र बाट सर्वेक्षक पनि प्रत्येक बाँकेका डुडुवा गाउँपालिका बाहेक स्थानीय तहमा पठाएका छौँ । त्यहा उहाहरु र स्थानीय तहका अमिनहरु सम्मेलित टोलिले प्राप्त जानकारी अनुसार सम्बन्धित स्थानमा जमिनको अवस्था बारे सर्बेक्षण गर्ने काम हो  ।  हामीले अहिले गरेका काम मुख्य यही हुन् । अब बाँकी रहेका कामहरु कोभिड १९ को कारण यो रोकिएको छ । हामी स्कारछौ । लकडाउन घट्ने क्रम हुदै छ अब छिटै रोकिएका कामहरु सञचालन हुने छन् ।

लालपुर्जा प्राप्त गरेको तर कायान्वयन नभएको अवस्थाका सुकुमबासीहरुको हकमा के हुन्छ ?

पक्कै पनि कही श्रेष्ता कायम हुन बाँकी रहेका कही नापी हुन बाकी रहेका त्यस प्रकारका निवेदन पनि हामी सँग करिब १ हजार दरले निवेदन आएका छन्  त्यसका लागि पनि हामीले पूर्व आयोगका निर्णयहरुको खोजि गरेका छौँ केही अख्तियार केही अदालत छन् त्यसमा पनि हामीले सबै कागज प्रमाणहरु बारे सम्बन्धित निकायहरुमा खोजि गर्ने कार्य जारी राखेका छौँ मुख्य रुपमा आयोगका कार्यालयहरुमा पूर्व आयोगका साथीहरुले गरेका निर्णयहरु नै हुन् त्यो पाउन मुस्किल  छ । बाँकी केही मात्रमा निवेदनहरु छन् जुन प्राप्त प्रमाण हरु मान्न सकिदैन त्यसका लागि हामीले सम्बन्धित स्थानीय तह संग समन्वयन सम्बन्धित स्थानको अनुगमन गर्ने कार्यहरु अब छिटै शुरु गर्ने छौँ ।

हाल बाँके जिल्लामा भूमिहिन दलित , भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी कति संख्यामा लागत संकलन गरिएको छ?  हामीले सर्वप्रथम सम्बन्धित स्थानीय निकायलाई जवाफदेही बनाउने उदेश्यले उहाँहरुलाई नै जिम्मा दिएका थियो जस अनुसार बाँके जिल्लाका ७ वटा स्थानीय तहहरुले विवरण बुझाउनु भएको छ । बाँकी रहेको डुडुवा गाउँपालिका हामीसंग सम्झौता गर्न आएको छैन त्यस कारण आएका विवरणहरुम कामहरु अगाडी बढाउने र बाकी रहेको डुडुवा गाउँपालिकालाई पनि सूचना प्रकाशन गरी कार्य सम्झौताका लागि आह्व गर्ने छौँ मुख्य रुपमा सबै गरी कूल ५५ हजार ८ सय ३४ संख्यामा तथ्याक स्थानीय तहहरु बाट प्राप्त भएका छन् । जस मध्य भूमिहिन दलिन ४ हजार २ सय २६ भूमिहिन सुकुमबासी ७ हजार  ८८ अव्यवस्थित बसोबास ४४ हजार ५ सय २४ गरी कूल ५५ हजार ८ सय ३४ संख्या हो ।

कहिले सम्म लालपुर्जा प्राप्त गर्न सक्छन् ? र  लालपुर्जा पाप्त गर्ने विधि के हो ?

हामीले मुख्य रुपमा श्रोता कायम हुन बाँकी रहेका नापी हुन बाँकीरहेका पहिलो चरणमा उहाँहरुलाई यही अषार मसान्त भित्र सम्बन्धित स्थानीय तहका केही वडाहरुमा वितरण गरिसक्ने योजना अनुसार काम गरेका थियौ तर लक डाउनले समस्या खडा गरेका छ तर हामीले अब भदौ सम्म वितरण गर्ने योजना बनाएका छौँ । लालपुर्जा पाउने विधि त सम्बन्धित वडाको सिफारिस हामीलाई प्राप्त भयो अनि अनुगमन सम्पन्न गर्यो भने हामीले पनि लालपुर्जा तयारी गछौँ र माथी केन्द्रिय आयोगलाई पठाउछौँ बाँकी केन्द्रले रुजु गरेर पठायो भने सम्बन्धित स्थानीय निकायको सहभागितामा लालपुर्जा वितरण गर्ने हो । हामीले अब अन्य सबै गरेर भदौ सम्म वितरण गर्ने योजना अनुसार काम गरिरहेका छौँ।

 

 

 

 

 

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech