८ बैशाख २०८१, शनिबार

नीति तथा कार्यक्रम माथी नेकपा एमालेको गाउँपालिकामा ध्यान आकर्षण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपा एमाले बैजनाथ गाउँ कमिटिले (भोलि)  प्रस्तुत गरिने निति तथा कार्यक्रमका विषयमा गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई ध्यान आकर्षित  गराएको छ ।

दिगो विकास प्रभावकारी लक्ष्य प्राप्ती हुने गरी आगामी निति तथा कार्यक्रम माथी बजेट विनियोज गरिनु पर्ने मुख्य एजेन्डा रहेको नेकपा एमाले युवा नेता घननाथ खनालले जानकारी गराए ।

यसै गरी  सामाजिक विकास ,आर्थिक विकास पूर्वाधार विकास, शिक्षा ,स्वास्थ्य उत्पादनका क्षेत्रमा उल्लेखिय बजेट विनियोजन गर्न गाउँपालिका परिवारलाई ध्यानआकर्षण गराइएको हो ‘ नेता इन्द्र थापाले भने ।

कमिटिले  बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वडाका महत्वपूर्ण योजनाहरु लिपिबद्ध गरी त्यस माथी आवश्यक बजेट विनियोज गर्न गाउँपालिका अध्यक्ष लाई ध्यान आकर्षित  गराइएको थियो ।

कार्यक्रमा नेकपा एमालेका विभिन्न तह र तप्का का नेताहरुको सहभागिता रहेको थियो ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech