१२ बैशाख २०८१, बुधबार

४० लाख ४३ हजारले लिए प्यान नम्बर
  • न्युज मानसराेवर

रासस। पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४० लाख ४३ हजार ७९४ले प्यान लिएका हुन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता१५ लाख ९३ हजार ७४ पुगेको छ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech