८ बैशाख २०८१, शनिबार

बैजनाथ गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आगामी वर्ष २०७८।०७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सभा अध्यक्ष शारदा रेग्मी विकेको को अनुमतिमा गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रमम पूर्वाधार विकास , कृषि , पशु , पर्यटन घरेलु तथा साना उद्योग ,सहकारी , बालबालिका , महिला ,अपाङगता , दलित आदीवासी जनजाती अल्पसंख्यक ,जेष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाई, स्वास्थ्य ,धर्म संस्कृति , शिक्षा ,वन वातावरण तथा विपत व्यवस्थापन सार्वजनिक सेवा शुसासन तथा क्षमता विकास ,विद्यायन तथा वित्तीय अनुशासनका क्षेत्रमा आगामी वर्षको बजेट ल्याउने छ । यसै गरी नीति तथा कार्यक्रम बारे आफ्नो धारणा राख्न अषाढ  ९  गते १२ बजे सम्म सचिवालयमा नाम दर्ता गरीसक्नु पर्ने छ भने सोही दिन ३ बजे बाट दफाबार छलफल गरिने बताइएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech